नियम १२
मूल नियमावलीमा नियम ३१क. थप
मूल नियमावलीको नियम ३१ पछि देहायको
नियम ३१क. थपिएको छ ः–
“३१क. लेखा परीक्षकको छनौट ः लेखापरीक्षक छनौट गर्ने प्रयोजनको लागि महानगरपालिका र उपमहानगरपालिकाले राष्ट्रिय स्तरका दैनिक पत्रिकामा र नगरपालिकाले स्थानीय स्तरमा नियमित प्रकाशन हुने पत्रिकामा सूचना प्रकाशन गरी उपयुक्त वर्गस“ग दरखास्त आह्वान गरी लेखा परीक्षकहरूको नाम सूचीकृत गर्नु पर्नेछ र त्यसरी सूचीकृत भएका लेखापरीक्षकमध्येबाट ऐनको दफा १३५ बमोजिम लेखापरीक्षकको छनौट गर्नु पर्नेछ